मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रामायण’ को पहिलो भाग बनाउन नै १ सय मिलियन अमेरिकी डलर !

काठमाडौँ – निर्देशक नितेश तिवारीको प्रोजेक्ट ‘रामायण’ अहिले विभिन्न कारणले चर्चामा छ । यसमा देखिने कलाकार देखि बजेट र छायाङ्कनमा भइरहेका हरेक क्रियाकलापमा चासो बढ्दो छ । 

फिल्मको सेटबाट कैयौँ तस्वीर पनि सार्वजनिक भएका छन् भने यसैमा पनि हजारौँ प्रतिक्रिया प्राप्त भएका छन् । । यसैबीच निर्माण पक्षले फिल्मको पहिलो भाग निर्माणका लागि एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ । 

यसलाई ग्लोबल तहको फिल्म बनाउन कुनै कसर बाँकी नराख्ने बताएको निर्माण पक्षले पैसाको खोला नै बगाउने यो अवस्थाले  ‘रामायण’ भारतीय फिल्मको सबैभन्दा महँगो र महत्वाकांक्षी फिल्म बन्नेछ ।

‘अहिले पहिलो भागलाई एक सय मिलियन अमेरिकी डलर खर्च गर्ने निर्माण पक्षको तयारी हो । यसको फ्रेञ्चाइजीको लागत अझ बढ्नेछ । निर्माताहरू दर्शकलाई भगवान रामको रूपमा रणवीर कपुरलाई भिजुअल ट्रीट दिन चाहन्छन् । त्यहीकारण पनि फिल्मको लागत बढेको हो’, निर्माण पक्षले भनेको छ ।

रणवीर अभिनीत सन् २०२२ मा रिलिज फिल्म ‘ब्रह्मास्त्र’ ४ सय ५० करोड रुपैयाँको बजेटमा बनेको थियो । यो फिल्म त्यो समयको सबैभन्दा महँगो बजेटको थियो । ‘रामायण’मार्फत रणवीर आफ्नो रेकर्ड तोड्ने मात्र नभई हिन्दी फिल्मका लागि नयाँ मानक स्थापित गर्ने तयारीमा छन् ।

फिल्ममा ‘केजीएफ’ स्टार यश लंका पति रावण र साई पल्लवी माता सीताको भूमिकामा देखिँदै छिन् । फिल्मका लागि रणवीर सुटिङ अवधिभर शाकाहारी बनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?