मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बेवास्ता नगरौँ, यस्ता पनि हुन सक्छन् मधुमेहका लक्षण

काठमाडौँ – मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सक्दैन। तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ।

जहाँ बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी बढिरहेका छन्। तर यसका लक्षण सधैँ एक प्रकारका हुन्छन् भन्ने हुँदैन । आज हामी मधुमेहका यस्तै केही विशेष लक्षणहरूका बारेमा जानकारी दिँदै छौँ । 

१. थकान

विना कुनै कारण तपाईँलाई थकाई लाग्छ भने त्यो मधुमेहको सङ्केत हुनसक्छ । मधुमेह छ भने हामीले खाने खानाको ऊर्जा हाम्रो कोशिकासम्म पुग्न सक्दैन । त्यही कारण शरीरमा आवश्यक ऊर्जा मिल्दैन जसले थकान महसुस भइरहन्छ । 

२.चिलाइरहने

हत्केला, खुट्टाको तल्लो भाग, तालु आदि चिलाउँछ भने यो पनि मधुमेहको लक्षण हुन सक्छन् ।  मधुमेहको प्रभाव छालाको रक्त सञ्चारमा हुन्छ, जसले चिलाउने समस्या हुन्छ ।

३.छालाको रङ्ग फेरिनु

छालाको रङ्ग फेरिनु पनि मधुमेहको सङ्केत हुनसक्छ । चिकित्सकका अनुसार इन्सुलिनको उच्च मात्रा कोशिकामा वृद्धि हुन्छ, जसले छालामा कालो एवं चर्किएको धब्बा देखिनेछ । फलतः  खासगरी कम्मर, कुहिना, खुट्टामा असामान्य रङ्ग देखिए पनि मधुमेह हुन सक्छ । 

४. आँखाको पावर बढ्नु

मधुमेह हुँदा सामान्यतय आँखाको दृष्टि कमजोर हुँदै जान्छ । तर, कहिलेकाहीँ त्यसको ठीक विपरीत आँखाको दृष्टि बढ्न सक्छ । किनभने शरीरमा तरल पदार्थ बढ्छ र त्यो आँखाको आसपास जम्मा हुन्छ । यसैको कारण आँखाको दृष्टि बढ्छ । आँखाको दृष्टिमा अचानक परिवर्तन भयो भने चिकित्सकको परामर्श लिनै पर्छ ।

५.उत्तेजनामा कमी

मधुमेहको कारण पुरुष र महिलाको यौन उत्तेजनामा कमी आउँछ । पुरुषमा मधुमेहको मात्रा लामो समयसम्म अनियन्त्रित रह्यो भने लिङ्गमा समस्या हुन्छ । त्यस्तै महिलाको योनीद्वार सुख्खा हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?