मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिरुवाको बारेमा जानकारी दिने यी पाँच एप 

काठमाडौँ– सायद बोट बिरुवाहरूलाई मन नपराउने मानिसहरू कमै हुन्छन् होला ।  हामीले घरमा होस या अफिसमा धेरै प्रकारका बिरुवाहरू रोपेको देखेका छौ ।

यस्तोमा कतिपयलाई कुनै बिरुवाको नाम के हो भन्ने थाहा नहुन सक्छ । तर पछिल्लो समय प्रविधिको विकाससँगै हामी सबैको हातमा पुगेको मोवाइलफोनले धेरै कुरा सहज बनाइदिएको छ ।

यस्तै ‘प्लान्ट आईडेन्टिफिकेसन’ एपको प्रयोग गरी तपाइले फोटोकै आधारमा बिरुवाको पहिचान गर्न सकिन्छ । आज हामी तपाइलाई ‘प्लान्ट आइडेन्टिफिकेसन’ एपको जानकारी दिँदै छौँ । 

आरएचएस ग्रो 

यो मोबाइल एपले विभिन्न प्रकारका फलफूल, बोट बिरुवाबारे जानकारी दिन्छ । अझ तपाईँलाई लोकेसनकै आधारमा समेत यो एपले बोट बिरुवासम्बन्धी जानकारी दिने गर्छ । यस एपलाई पनि एन्ड्रोइड, आईओएस र वेबबाट चलाउन सकिन्छ ।

आइनेचुरालिस्ट 

बिरुवाहरूका बारेमा धेरै कुराहरू थाहा पाउन चाहनेहरूका लागि यो एप पनि उपयुक्त विकल्प हुनसक्छ । यो एपमा कुनै पनि प्रयोगकर्ताले बिरुवाको फोटो शेयर गरेमा विज्ञ अथवा अनुभवी प्रयोगकर्ताले पहिचान गरेर त्यसको वास्तविकताबारे बताउन पाउने फिचर रहेको छ। 

प्लान्ट नेट 

यो एपबाट पनि तपाइले सजिलैसँग कुनै पनि बिरुवाको पहिचान गर्न सक्नुहुन्छ । यसका लागि एपले म्याप, फ्लोरा सम्बन्धी जीपीएस प्रयोग गर्ने गर्छ । त्यस्तै ४५ बढी फ्लोरा र ४६ हजार बढी प्रजातिको डेटाबेस यो एपमा उपलब्ध हुन्छ । यसमा बिरुवालाई थिम, भूगोल, विशेषता आदि आधारमा सर्च गर्न सकिन्छ । तर कुनै पनि बिरुवा पहिचान गर्न क्यामेराले फोटो खिच्नुपर्ने हुन्छ । 

प्लान्टिक्स

यस एपले बिरुवा मात्र पहिचान मात्रै नगरी विभिन्न रोगबारे समेत जानकारी दिन्छ । तपाईँले बिरुवाको रोगको पहिचान गर्न, तिनको खतरा थाहा पाउन तथा समाधान थाहा पाउन यो एपको प्रयोग गर्न सक्नुहुन्छ ।

यो काम एपले इनडोर र आउटडोर दुवै खालका बिरुवाका लागि गर्न सक्छ । यी काम गर्न तपाईँले आफ्नो क्यामेराबाट बिरुवाको कुनै पनि भागको फोटो खिच्नुपर्ने हुन्छ । 

गुगल लेन्स

गुगल लेन्स प्लान्ट आईडेन्टिफिकेसन एप नभए पनि यसले प्लान्ट आइडेन्टिफिकेसनको काम समेत गर्ने गर्छ । यसमा फोटोका आधारमा इन्टरनेटमा कुनै पनि कुरा ब्राउज गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?