काठमाडौँ– इन्टरनेटको प्रयोगले गर्ने मानिसहरूको स्वास्थ्य राम्रो बनाउने देखिएको छ ।
अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर एन्ड्रयु प्रजिबिल्स्की र टिलबर्ग युनिभर्सिटीका डाक्टर म्याटी वुरेको नेतृत्वमा गरिएको एउटा विश्वव्यापी अध्ययनले इन्टरनेटले मानिसलाई सुख दिने देखाएको हो ।
‘टेक्नोलोजी, माइन्ड एन्ड बिहेभियर’ नामक जर्नलमा प्रकाशित यो अनुसन्धान प्रविधिको प्रयोग, मनोविज्ञान र मानव व्यवहारसँग सम्बन्धित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सन् २००६ देखि २०२१ सम्म चलेको यो अध्ययनमा १५ वर्ष माथिका २४ लाख व्यक्तिहरूलाई सहभागी गराइएको बताइएको छ ।
अध्ययनकर्ताहरूले सहभागीहरूमाथि इन्टरनेट पहुँच र प्रयोग, जीवन सन्तुष्टि, सामाजिक जीवन, जीवनको उद्देश्य, दैनिक नकारात्मक र सकारात्मक अनुभव सहितका आठ सूचकमा अध्ययन गरेका थिए ।
यस अध्ययनले इन्टरनेट पहुँच भएका वा सक्रिय रूपमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरूमा जीवन सन्तुष्टि र सामाजिक सुख बढी भएको पत्ता लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया