मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राति अबेरसम्म खाना खाँदा ग्यास र एसिडिटीको समस्या

काठमाडाैँ – आजकल खराब जीवनशैली र खानपानका कारण हाम्रो शरीरमा धेरै किसिमका रोगले घर बनाएको छ । आजकल जंक र फास्टफुडको सेवनले अधिकांश मानिस मोटोपना मात्र नभएर धेरै रोगको सिकार भइरहेका छन् ।

गलत समयमा दिउँसो र बेलुकाको खाना खाँदा धेरै समस्याहरू सुरु हुन्छन्। बेलुका ८ बजेभन्दा अगाडि डिनर गर्नाले पेटसम्बन्धी धेरै रोगबाट मुक्ति मिल्छ ।

राति अबेरसम्म खाना खाँदा ग्यास र एसिडिटीको समस्या हुन सक्छ । यति मात्र होइन, अमिलो डकार र छाती दुख्ने जस्ता समस्या पनि हुन सक्छ।

राति अबेरसम्म खाना खाँदा एसिडिटी हुन्छ । जसका कारण पेट फुल्ने र पेट दुख्ने जस्ता समस्या हुन सक्छन् ।

ग्यास र पेट दुख्ने समस्या भएका व्यक्तिहरूले खाली पेटमा सौंफको पानी पिउनुपर्छ। पाचन क्रियालाई राम्रो बनाउन सौंफ चपाउनुपर्छ ।

ग्यास र एसिडिटीको समस्यामा पनि जीराको पानी निकै फाइदाजनक हुन्छ । यसका लागि एक गिलास पानीमा एक चम्चा जीरा हालेर उमाल्नुहोस् । त्यसपछि यसलाई छानेर पिउनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?