मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गहुँको आटा खानुहुन्छ ? यसरी स्वस्थकर र पोषणयुक्त बनाउन सकिन्छ साधारण गहुँको आटा

काठमाडौँ– हामीले दैनिक रुपमा कुन आटाको प्रयोग गर्नुपर्छ ? सबैभन्दा राम्रो आटा कुन हो ? स्वास्थ्यको लागि सबैभन्दा फाइदाजनक आटा कुन हो ? यी प्रश्नको जवाफ जान्ने इच्छा सबैको हुन्छ । गहुँ सबैभन्दा बढी प्रयोग हुने खाद्यान्न हो । अधिकांशको भान्सामा गहुँका रोटी पाक्ने गर्छ । तर तपाईलाई थाहा छ साधारण गहुँका आटालाई कसरी स्वस्थकर र पोषणयुक्त बनाउने ?

एफएसएसआईको अनुसार गहुँ, चामल र विभिन्न खाद्य बाली मिसाएर पोषणयुक्त तथा स्वस्थकर आटा बनाउन सकिन्छ । फाइदाजनक कुरो के हो भने आटालाई पनि सुदृढ बनाउन सकिन्छ । अर्थात् आटामा हुने पोष्टिक तत्वलाई बढाउन सकिन्छ ।

अब जानौँ, आटालाई पौष्टिकयुक्त बनाउने तरिका:

आटाको सुदृढीकरण कसरी गर्ने ?
साधारण आटालाई धेरै पौष्टिकयुक्त बनाउनका लागि आइरन, फोलिक एसिड र भिटामिन बीलगायत अन्य तत्वहरु मिलाउन सकिन्छ । गहुँलाई पिस्ने बेला यी सामग्रीहरु मिसाउन सकिन्छ ।

पोषणयुक्त आटाको फाइदा
आटामा विभिन्न सामग्री मिसाउदा पौष्टिक तत्वको मात्रा बढ्छ । यस्तो आटामा आइरन, फोलिक एसिड र भिटामिन बी लगायत विभिन्न पौष्टिक तत्व मिलाउने गरिन्छ । यस्तो आटा खाँदा रगतको कमी वा एनिमियाबाट बच्न सहयोग मिल्छ । शारीरिक रुपमा हुने थकाइबाट छुटकारा मिल्नुका साथै तागत बढ्छ ।

गहुँका आटाका फाइदाहरु
– गहुँका आटालाई सुदृढ गर्नु स्वास्थ्यको हिसाबले एकदम राम्रो मानिन्छ ।
– यस्तो आटामा पोषकयुक्त पर्दाथ प्रयोग गर्नु महत्वपूर्ण उपाय हो । किनकि आटा हरेक मान्छेले प्रयोग गर्ने गर्छन् ।
– पोषणको कमीलाई रोक्न मद्दत गर्छ ।
– गहुँ पिस्दा पौषिक तत्वलाई हानी पुर्‍याउने गर्छ । यसले गहुँमा नास भएको पौष्टिक तत्वलाई फिर्ता गर्न सकिन्छ ।
– गहुँका आटामा आइरन, फोलिक एसिड र भिटामिन बी मिसाउने भएकाले एनिमिया हुनबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?