मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुकेको नरिवल खाँदा मिल्छ यति धेरै फाइदा

नरिवल काँचो होस वा पाकेको वा सुकेको सबै खाले नरिवलका फाइदा नै हुन्छन् । विशेषगरी गर्मीमा नरिवलको पानी पिउने प्रचलन छ र यो फाइदाजनक पनि हुन्छ ।

तर के तपाईँलाई थाहा छ, सुकेको नरिवल खाँदा पनि शरीरलाई धेरै नै फाइदा हुन्छ ?

आज जानौँ ती फाइदाहरूका बारेमा–

–सुकेको नरिवलमा प्रोटिन, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नीज, सेलेनियम, ताम्बा, फस्फोरस, पोटासियम जस्ता पोषक तत्त्वहरू पाइन्छन् । यिनले शरीरमा धेरै प्रकारका फाइदाहरू प्रदान गर्छ ।

–तपाईँ दैनिक रूपमा थोरै मात्रामा सुकेको नरिवल खान सक्नुहुन्छ । सुकेको नरिवलमा एन्टीअक्सीडेन्ट गुण पनि अत्यधिक हुन्छ । यसले रगतमा आइरन अब्जर्ब हुन्छ । साथै यो मुटुका लागि पनि फाइदाजनक हुन्छ । 

–दैनिक सुकेको नरिवल खाँदा दिमाग तेज हुन्छ । यसले हाम्रो स्मरण शक्ति बढाउँछ र मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँछ । 

–सुकेको नरिवल कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्त्वहरूले कपाल झर्न रोक्ने र कपाललाई मुलायम र चम्किलो बनाउँछ ।

–सुकेको नरिवल खानाले हड्डी पनि बलियो हुन्छ । दैनिक रूपमा यसको सेवनले हड्डी सम्बन्धी समस्यामा पनि फाइदा गर्दछ ।

–सुकेको नरिवल खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । यसले तपाईँको दिमाग शान्त हुन्छ र तपाईँ राम्रो महसुस गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?