मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दालचिनी पानी पिएर सुत्ने गर्नुहोस्, हुन्छ यस्तो फाइदा

दालचिनीमा आइरन, प्रोटिन, क्याल्सियम, म्याग्नीज, कपर, जिंक आदि धेरै पोषक तत्वहरू पाइन्छन् । यसको पानी पिएर पनि तपाईँ विभिन्न खालका शारीरिक समस्याहरू कम गर्न सक्नुहुन्छ ।

यदि तपाईँ रातमा सुत्नु अघि दालचिनीको पानी पिउनुहुन्छ भने पनि शरीरमा कैयौँ रोगहरू तथा बिमारीहरूको खतरा कम हुन सक्छ । आउनुहोस् यस विषयमा थप बुझौँ ।

–महिलाहरूलाई महिनावारीका क्रममा दुख्ने, ऐँठन हुने आदि समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यस्तोमा रातमा सुत्नुअघि दालचिनीको पानी पिउँदा यस्तो खालको दुखाइबाट बच्न सकिन्छ ।

–दालचिनीमा इन्सुलिन प्रतिरोधलाई कम गर्ने क्षमता पाइन्छ, जसले तौल कम गर्न पनि सहयोग गर्दछ ।

–रातमा दालचिनी पानी पिएर सुत्दा शरीरमा रगतमा सुगरको मात्रा नियन्त्रित हुन्छ । त्यसैले पनि यो रातमा पिउनु एकदमै फाइदाजनक मानिन्छ ।

–दालचिनीमा एन्टी इन्फ्लेमेटरी र एन्टी ब्याक्टेरियल गुण पाइन्छन्, जसले तपाईँको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । यस्तोमा रातको समयमा शरीर सुन्निने तथा दुख्ने समस्या पनि हुँदैन ।

–रातमा दालचिनी पानी पिएर सुत्दा शरीरको मेटाबोलिज्म रेट बुस्ट हुन्छ । यसले ग्यास, एसिडिटी र अपच कम हुन्छ ।

–दालचिनीको पानीले कोलेस्ट्रोलको स्तरलाई कम गर्न सकिन्छ । जसले गर्दा तपाईँको मुटु पनि स्वस्थ रहन्छ । मुटुसम्बन्धी रोगको जोखिम भएका व्यक्तिले यसको नियमित सेवनले यस्तो खतरा कम हुन्छ ।

–अध्ययनअनुसार दालचिनीको पानी पीसीओएस भएका महिलाहरूका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यसले महिलाहरूमा इन्सुलिन एकदमै तीव्र गतिमा घट्ने र बढ्ने समस्यालाई रोक्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?