काठमाडौँ – बलिउड अभिनेत्री करीना कपूरद्वारा लिखित पुस्तक प्रकाशित भएको तीन वर्षपछि विवादमा परेको छ ।
आफ्नो गर्भावस्थाको अनुभव साटिएको उनको पुस्तक ‘करीना कपूर खान बाइबिलः द अल्टीमेट मेन्युल फर मम्स टु बी’ पुस्तकका उल्लेखित ‘बाइबिल’ शब्दलाई लिएर अदालतले कारण माग गरेको हो ।
सन् २०२१ मा सार्वजनिक यो पुस्तकमा करीनाले तैमूर र जेह गर्भमा रहँदाको अनुभव समेटेकी थिइन् । जसलाइ लिएर वकिल क्रिस्टोफर एन्थोनीले करीना र बुक बिक्रेताविरुद्ध उजुरी दर्ता गराएका थिए ।
साे मुद्दामा मध्य प्रदेशको हाई कोर्टका न्यायाधिस गुरपाल सिंह अहलूवालियाको एकल इजलासले कानुनी कारण मागेको हो ।
मध्य प्रदेशको जबलपुरका सामाजिक अभियन्ता एन्थोनीले पुस्तकको नाममा प्रयोग गरिएको ‘बाइबिल’ शब्दले इसाई समुदायको भावनामा चोट पुर्याएको दाबी गरेका छन् ।
उनका अनुसार विश्वभर इसाई धर्मको पवित्र किताब ‘बाइबिल’लाई करीना कपूर खानको प्रेग्नेन्सीको तुलना गर्नु गलत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया