मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू 

आमाको दूध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरूको शारीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ। पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ।

कतिपयले आमाको दूधको साटो गाई, भैँसीको दूध धेरै खुवाउने गर्छन्। आमाको बिगौती दूध शिशुका लागि अमृत समान हुने चिकित्सक बताउँछन्।

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरू के के हुन् ?

स्तनपान गराउँदा आमाले स्तनको कालो भाग सबै शिशुको मुखमा राखेर शिशुलाई देब्रे हातमा टाउको राखेर पनि चुसाउन सकिन्छ।

बच्चालाई सुतेर स्तनपान गराउनु हुँदैन। त्यसो गर्दा बच्चालाई स्तनले थिच्ने समस्या हुन्छ। त्यसैले बसेर मात्र शिशुलाई स्तनपान गराउनुपर्छ।

आमाले स्तनपान गराउँदा पहिलो ध्यान दिनुपर्ने कुरा भनेको आमाको दूध नै बच्चाको सम्पूर्ण आहार भएकाले पहिला त आमाले पोषिलो, सन्तुलित खानेकुरा खानुपर्छ।

यसका साथै झोलिलो खाने कुरा प्रशस्त मात्रामा खानुपर्छ। मौसम अनुसारका फलफूलहरू पर्याप्त मात्रामा खाने गर्नुपर्छ। धूम्रपान तथा मदिरा वा धेरै पिरो अमिलो खानेकुरा सेवन गर्नु हुँदैन।

बच्चा पेटमा हुँदा आमाले धेरै भिटामिनयुक्त खाना खानुपर्छ। ज्वानोको परिकार खानुपर्छ। त्यति बेलादेखि नै म बच्चालाई पर्याप्त मात्रामा दूध खुवाउँछु भन्ने धारणा बनाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?