काठमाडौँ– पछिल्लो समय प्रायः सबै मानिसहरू ले मोबाइल फोन चलाउँछन् । तर कहिल्यै सोच्नुभएको छ तपाइले प्रयोग गरिरहेको मोबाइलको आयु कति हो भनेर ।
धेरै रिपोर्टहरूले फोनले औसत आयु २.५ वर्षसम्म हुने देखाएका छन् । यद्यपि, फोनको जीवन ब्रान्डअनुसार पनि फरक हुने गर्दछ ।
यसरी थाहा पाउन सकिन्छ फोनको आयु
– फोनको ब्याट्री लगायतका अन्य महत्त्वपूर्ण भागहरूमा समस्यामा देखिएमा तपाइको फोनको आयु सक्किन लागेको हुनसक्छ ।
– स्मार्टफोनमा नवीनतम अपरेटिङ सिस्टम अपडेट गर्न सक्षम हुनुभएन भने पनि तपाइको फोनको आयु समाप्त भएको हुन सक्छ ।
– फोन चलिरहेको बेला अचानक स्विच अफ हुने समस्या देखिएमा पनि तपाएको फोनको आयु कम भएको हुनसक्छ ।
– यदि फोनमा नेटवर्क स्पष्ट देखिएको छ तर राम्ररी कुरा गर्न नसक्ने समस्या देखिन थाल्यो भने पनि फोन बदल्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया