मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जर्जियामा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा

काठमाडौँ – जर्जियाको राजधानी टिबिलिसीमा सरकारी विधेयकको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई ‘रूसी कानून’ भनेका छन् ।

यस ऐनमार्फत सामाजिक संघसंस्था र स्वतन्त्र सञ्चार माध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाइएको छ । आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए ।

विपक्षी दलहरूले यस बिललाई ‘रूसको कानून’ सँग तुलना गरेका छन् किनभने २०१२ मा रूसमा यस्तै विधेयक पेश गरिएको थियो।

सरकारले यो विधेयकमार्फत असहमतिको आवाज दबाउन खोजेको विपक्षी दलहरुको आरोप छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा पनि भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?