मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राति खाना नखाँदा शरीरमा कस्तो असर हुन्छ?

काठमाडौँ– हिजोआज तौल कम गर्नका लागि रातको खाना नखाने प्रचलन एकदमै बढ्दो छ ।

यसको पछि गएर असर के हुन सक्छ भन्ने मानिसले नसोची खाना खान छोड्न थालेका छन् । तर यस्तो गर्नुअघि रातमा खाना नखाँदा शरीरमा कस्तो असर हुन्छ त्यसबारेमा जान्न एकदमै जरुरी हुन्छ ।

रातको खाना नखाँदा यसको असर तपाईंको मेटाबोलिज्ममा पर्न सक्छ । साथमा यसले तपाईंको शरीरमा पोषक तत्वहरुको कमी पनि हुन सक्छ । यसो गर्दा तपाईंको सुत्ने प्रक्रियामा पनि अवरोध आउन सक्छ ।

जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । जसरी शरीरमा खानाको आवश्यकता छ त्यसरी निद्राको पनि उत्तिकै आवश्यकता पर्दछ । निद्रामा नकारात्मक प्रभाव पर्दा अन्य शारीरिक तथा मानसिक समस्याहरु आउन सक्छन् ।

रातको खाना नखाँदा तपाईंलाई जतिबेला पनि भोक लागेको अनुभूति हुन सक्छ । जसले गर्दा तपाईं जतिबेला पनि खाना खानुहुन्छ आवश्यकता भन्दा बढी खाने सम्भावना हुन्छ ।

यसले पनि शरीरलाई बेफाइदा नै गर्छ । समयमा खाना खाँदा पनि तपाईंको शरीरको सुगर लेभल नियन्त्रित रहन्छ । तर रातको खाना नखाँदा यसले मेटाबोलिज्ममा असर गर्छ जसले गर्दा शरीरमा सुगर लेभल पनि तलमाथि हुन सक्छ ।

रातमा भोकै सुत्ने गर्दा तपाईंको तौल कम हुन सक्छ तर यसले शरीरलाई भने भित्रैदेखि कमजोर बनाउँदै लैजान्छ । जसले गर्दा तपाईंको शरीरका मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् । यसले शरीरको ऊर्जा पनि नकारात्मक प्रभाव पार्छ । साथमा यसले तनाव पनि बढ्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?