मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फलामको भाँडोमा पकाउन नहुने परिकार

हामी नेपालीहरूको भान्सामा फलामको भाँडा प्रयोग गर्ने चलन छ । प्राचीन कालदेखि नै चल्दै आएको यो चलन बीचमा हराए पनि फेरि समयसँगै परिमार्जन भएर विभिन्न फलामका भाँडाहरू बजारमा पाइन्छन् ।

फलामको भाँडोमा पकाएको खाना स्वास्थ्यका हिसाबले पनि निकै लाभकारी हुने कुरा पछिल्लो पुस्ताले बुझ्दै आएपछि पुनः फलामको भाँडोमा पकाएर खाने प्रचलन बढेको छ । 

समयसँगै मानिसहरू स्वस्थ खानपानको खोजीमा पुनः फलामको भाँडामा पकाउने जस्तो प्रयोग गर्न थालेका छन् । सबैलाई थाहा भएकै कुरा हो फलामको भाँडोमा सबै खानेकुरा पकाउन त्यति सम्भव हुँदैन ।

कतिपय खानेकुरा फलामको  भाँडामा पकाउँदा त्यसको नकारात्मक असर पनि पर्ने गर्छ । आज हामी त्यस्तै केही खानेकुरा जसलाई फलामको भाँडामा पकाउनु हुँदैन भन्नेबारे बताउनेछौ । 

पालक

पालकको सागमा अक्सालिक नामक एसिड पाइन्छ । त्यसैले पालकलाई फलामको भाँडोमा पकाउनबाट बच्नुपर्दछ ।

चुकन्दर

चुकन्दरलाई पनि फलामको भाँडोमा पकाउनबाट जोगिनु पर्दछ । किनकि यसमा आइरन हुन्छ जो फलामको भाँडोमा गएर रियाक्ट गर्न सक्छ ।

कडी

विशेष गरी दही वा मोहीबाट बनाइने कडीलाई पनि फलामको भाँडामा पकाउनु हुँदैन । यो आफैमा एसिडिक हुने भएकाले फलाममा जाँदा यसको स्वादमा पनि परिवर्तन हुन सक्छ ।

कागती

कागती एसिडिक हुन्छ । कुनै पनि खानेकुरा फलामको भाँडोमा पकाउँदा कागतीको प्रयोग गर्नु हुँदैन । फलामको भाँडोमा कागती राख्दा यसको स्वाद तितो हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?