काठमाडौँ – अविनाश विक्रम शाह निर्देशित सर्ट फिल्म ‘लोरी’ इण्डियन फिल्म फेस्टिभलमा छनोट भएको छ।
फेस्टिभलद्वारा जारी विज्ञप्तिमा ‘सर्ट्स फिल्म’ विधामा यो १५ मिनेटको फिल्म छनोट भएको उल्लेख छ। फिल्मको सूचीमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान र अमेरिकाका फिल्म समावेश छन्।
लाइनअपअनुसार यसपटक करण जोहर र गुनित मोंगाले निर्माण गरेको ‘किल’को विशेष प्रदर्शन हुँदै छ। ७ कथानक, १२ छोटा र एउटा डकु–सिरिजसहित २० फिल्म स्क्रिनिङ हुँदैछन्।
यो फिल्मले विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधातर्फ ‘स्पेसल मेन्सन’ अवार्ड जितेको थियो । फिल्मको स्क्रिप्ट र डायलग स्वयं शाहले लेखेका हुन् भने छायांकन उज्वलकुमार बस्ताकोटीले गरेका हुन्।
अंकिता यादव, सुजिता साह र प्रीति झाले यसमा अभिनय गरेका छन्। नेपालको अन्डरग्राउन्ड टकिज र हङकङको पेट्रा फिल्मसले संयुक्तरूपमा यसलाई निर्माण गरेका हुन्।
फेस्टिभलको २२ औं संस्करण जुन २७ देखि ३० सम्म अमेरिकाको लस एन्जलसमा आयोजना हुँदै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया