काठमाडौँ – अहिले चर्चामा रहेको बलिउड फिल्म ‘लापत्ता लेडीज’ विवादले घेरिएको छ । फिल्मले अहिले कपि गरेको आरोप खेपिरहेको छ । निर्देशक अनन्त महादेवनले यस्तो आरोप लगाएका हुन् ।
महादेवको दाबी अनुसार यो फिल्मका केही सिनहरू ‘घुँघुट’बाट कपि गरिएको छ । एक अन्तरवार्ताका क्रममा उनले यो फिल्मको कथा ‘घुँघट के पट खोल’ जस्तो भएको बताएका थिए ।
जुन सिनमा रेल्वे स्टेसनमा घुँघटमा रहेकी बेहुलीसँग देखादेख हुन्छ । अहिले यो फिल्म ओटीपीपीबाट हटाईएको छ । ‘लापत्ता लेडीज’ ओटीटी रिलिज भएपछि यो फिल्मलाई हटाउनुमा समेत उनले शंका व्यक्त गरेका छन् ।
महादेवन तीनै निर्देशक हुन् जसले आमिर खानसंग ‘अकेले हम अकेले तुम’,‘इश्क’,‘मन’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया