मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामखुट्टे भगाउन अपनाउनुस् यस्तो घरेलु उपाय

लामखुट्टे भगाउन विभिन्न उपायहरू छन् ।  मानिसहरू धूप बाल्ने देखि कीटनाशक छर्ने गर्छन् । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले यहाँ हामी लामखुट्टे र झिँगा हटाउने घरेलु उपायबारे जानकारी दिँदै छौ । 

सबैभन्दा पहिले यी बस्तु भेला पार्नुहोस्

– नीमको सुख्खा पात । 

– तेज पत्ता

– लहसुन

– प्याज 

– ल्वाङ

–कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी धुलो बनाउनुहोस् । अब त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस्  ।

कसरी प्रयोग गर्ने

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस् । यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।

लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?