मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी गर्नुहोस् गहनाको हेरचाह, रहने छ सधैँ चम्किलो र सुरक्षित

गहना भन्नासाथ महिलाको मुहारमा आउने चमकको बखान नै गर्न सकिँदैन । महिला र गहना एक अर्काका परिपूरक जस्तै बन्दा यसलाई सुरक्षितसँग राख्नु अर्को जरुरी विषय हो ।

रगत पसिना बगाएर कमाएको पैसाले किनिने गहनाको सुरक्षाको विषय यसै पनि महत्त्वपूर्ण बन्दा चाँदीका गहना त राख्न नजाने कालो बन्न थाल्छन् ।

वर्षाको मौसममा चाँदीको गहनाको अझै बढी ध्यान दिन जरुरी छ । आज हामी यस्तै गहनाहरूको कसरी हेरचाह गर्ने भन्नेबारे जानकारी दिँदै छौ । 

गहना सुख्खा र सफा राख्नुहोस्

यदि तपाई आफ्नो गहनाको चमक कायम राख्न चाहनु हुन्छ भने यसको एक मात्रै उपाय हो प्रत्येक पल्ट प्रयोग गरेपछि सुख्खा र सफा बनाएर राख्ने । केही गरी भिजेको छ भने नरम कपडाले पुछ्नुहोस् र एक छिन राखेपछि फेरि एकपल्ट दोहोराएर सुख्खा हुने गरी पुछ्नुहोस् । यसले गहनामा लागेको धुलो,पसिना वा तेल जे सुकै भए पनि हटाउँछ । अब यो गहनालाई सुरक्षित र सुख्खा स्थानमा राख्नुहोस् । 

परफ्युम र क्रिमबाट बचाउनुहोस्

अधिकांश क्रिम,परफ्युम तथा बडी स्प्रेले गहनालाई नोक्सान पुर्‍याउँछन् । यस्ता बस्तु झुम्को वा सिक्रीको छिद्रमा जम्न सक्छन् भने यसले गहनामा तैलीय पत्र बनाउन सक्छ । यसले गहना खिइने मात्र नभएर फोहोर समेत देखिन थाल्छ । यही कारण पहिले क्रिम लगाउने वा मेकअप गरिसकेपछि मात्रै गहना लगाउने गर्नुहोस् । यसले तपाईँको गहनालाई अक्सीडेसनबाट बचाउने मात्र हैन चम्किलो रहन मद्दत गर्छ । 

गुणस्तर भएको स्टोरेज बक्सको व्यवस्था गर्नुहोस् 

हामीमध्ये धेरैले आफ्ना गहना प्लास्टिक वा चेन भएको झोला अथवा कपडाको झोलामा राख्ने गर्छौ । यसले उत्पन्न हुने रासायनिक प्रतिक्रियाले गहनाको चमक हराउँदै जान्छ । जसबाट बच्न गहना राख्न हावा नछिर्ने बक्स किन्नुहोस् । यस्तो बक्स किन्दा सबै गहना अट्ने सुनिश्चित गर्न नभुल्नुहोस् । साथै यस्तो बक्स गहना राख्दा र निकाल्दा नरगटिने होस । महत्त्वपूर्ण कुरा त गहना राख्दा र निकाल्दा यसलाई टिस्यु या कपडाले पुछ्नुहोस् । 

लिक्विड ज्वेलरी क्लिनरको प्रयोग 

विभिन्न समारोह,अवसरमा गहना प्रयोग गरिरहँदा त्यसमा धुलो जम्छ भने यसले चमक कम हुन्छ । यदि तपाईँले यसको सफाइ समयमै गर्नुभएन भने यो बिस्तारै सफा गर्न नसकिने अवस्थामा पुग्छ । यसर्थ  तपाईँले हरेकपल्ट लगाउँदा गहना सफा गर्नुपर्छ । जसका लागि यस्ता धेरै प्रकारका झोल पदार्थ बजारमा सजिलै उपलब्ध छ । यसले कम समयमै गहना सफा र चम्किलो बनाउँछ । जसले कुनै समारोहमा जानु अघि छोटो समयमै गहना सफा गर्न सकिन्छ । 

गहना भनेको देखाउने बस्तु मात्रै नभएर सम्पत्ति पनि हो । त्यसैले यो सुरक्षित,राम्रो दुवै हुन जरुरी छ । त्यस्तै यो बिग्रिएला वा हराउँला भनेर नलगाई घरमै राखिराख्न पनि सकिँदैन । फलतः  यसको प्रयोगसँगै सानातिना सावधानी अपनाए हराउने र खुइलिने दुवै समस्याबाट मुक्त हुन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?