कैलाली – नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड आफै बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएपछि उनीविरुध्द पक्राउ पुर्जी जारी भएको थियो ।
तर साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण ओड पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।
इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका उनमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया