मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पावर बैङ्क किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौँ – स्मार्टफोन जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै गर्दा बारम्बार चार्ज सकिने समस्या धेरै भोग्छन् ।

कतिपय समयमा यस्तो अवस्थामा हुन्छ कि चार्ज सकिएर समस्या हुन्छ तर चार्ज गर्न पनि सुविधा उपलब्ध हुँदैन । यस्तोमा पावर बैङ्क निकै सहयोगी मानिन्छ । तर, पावर बैङ्क किन्दा केही कुरा ख्याल गर्न जरुरी छ 

पावर बैक किन्दा सबैभन्दा पहिले त पावर भोल्टेजबारे ध्यान दिन निकै जरुरी छ । पावर बैङ्कको आउट पुट भोल्टेज फोनको बराबर भएन भने चार्ज हुन सक्दैन । त्यसैले आफ्नो फोन समानको आउट पुट भोल्टेज भएको पावर बैङ्क लिनुपर्छ ।

त्यस्तै फोनको ब्याट्री क्षमताभन्दा कम्तीमा साढे दुई गुणा ज्यादा क्षमताको पावर बैङ्क किन्नु राम्रो हुन्छ । जसकारण फोन झन्डै दुईपटक पूर्ण रूपमा र एकपटक ५० प्रतिशत चार्ज गर्न मिलोस् ।

सँगै पावर बैङ्कले एकपटकमा कति वटा डिभाइस चार्ज गर्न सक्छ, यस विषयमा पनि ध्यान दिन जरुरी छ । कम्तीमा एकटकमा दुई वटा फोन चार्ज गर्न सक्ने पावर बैङ्क किन्नुपर्छ । 

पावर बैङ्क किन्दाको समय चार्जिङ प्वाइन्टमा ध्यान दिनुपर्छ । बजारमा त्यस्ता धेरै पावर बैङ्क पाइन्छन्, जसले युएसबी केवलमार्फत मात्रै काम गर्छन् । यस्ता पावर बैङ्क किन्दा फोन चार्ज गर्नमा समस्या आउन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?