मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजबाट रातो मछिन्द्रनाथ रथ तान्न सुरू

ललितपुर – वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पु¥याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शूक्ल चौथीमा जावलाखेल पु¥याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

रथ यात्रा हेर्नका लागि ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनको निमन्त्रणामा युरोपेली युनियन, फ्रान्स, इजरायल, नर्वे, दक्षिण कोरिया, स्वीजरल्याण्ड, थाइल्याण्ड, संयुक्त अधिराज्यलगायत देशका राजदूत र विश्व बैंक, युनिसेफ, युएसएआइडी, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधिहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?