मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शनीबार पारेर घरमा रोप्नुहोस् समीको बिरुवा, मिल्छन् यस्ता लाभ

काठमाडौं– सनातन धर्ममा घरमा बिरुवा लगाउनुलाई शुभ मानिन्छ । किनकी केही बिरुवाहरूमा भगवानले वास गरेको मानिन्छ ।

त्यस्तै एक विरुवाको चर्चा गर्दा पहिलो नम्बरमा आउँछ समी ।  घरमा यो बिरुवा रोप्दा मानिसको जीवनमा धेरै समस्याबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ ।

समीको बिरुवामा भगवान शिवको बास रहेको जनविश्वास छ । यो रूख निकै पवित्र मानिन्छ । घरमा समीको बिरुवा लगाउनाले महादेवको आशीर्वाद प्राप्त हुने विश्वास रहेको छ ।

वास्तु विज्ञका अनुसार कसैको कुण्डलीमा शनिदोष वा शनिको प्रभाव छ भने घरको दक्षिण दिशामा समीको रूख रोप्नुपर्छ । जसले  शनि दोषलाई हटाउन सक्छ ।

शनिबार पारेर समीको रूख रोप्नु अत्यन्तै शुभ मानिन्छ । वास्तुशास्त्र अनुसार यो बिरुवा सधैँ घरको मुख्य ढोकाको देब्रेपट्टि राख्नुपर्छ। यसले घरमा सधैँ सकारात्मक ऊर्जा ल्याउँछ, जसले हाम्रो जीवनमा राम्रो प्रभाव पार्छ ।

साँझ समीको बोट नजिक दीप प्रज्वलन गर्नाले आर्थिक अवस्था पनि मजबुत हुने जनविश्वास छ । साथै नजिकै हरेक साँझ घ्यूको दियो बाल्दा विवाहमा आउने सबै बाधाहरू हट्ने मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?