मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ सेकेन्डमा दुरी पार गरी नेपाली सेनाका नरेन्द्र रावत प्रथम भएका छन् । 

प्रथम कर्णाली हाफ म्याराथनका उपाधि विजेता रावललाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका छन् । यसै गरी नेपाली सेनाका रामजी बस्नेतले एक घण्टा ११ मिनेट ४८ सेकेन्डमा निश्चित दुरी पार गरी दोस्रो पुरस्कार जिते ।

प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको तेस्रो स्थानमा श्रीकेश राईले एक घण्टा १३ मिनेटमा दुरी पार गरेका छन् । प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किमी दौडको महिलातर्फ पुष्पा भण्डारीले एक घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पार गरी प्रथम उपाधि जितिन् । सृथना पाण्डे दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भए ।

यसै गरी शनिबार बिहान कर्णाली दौडिन्छ भन्ने नाराका साथ भएको पाँच किलोमिटर म्याराथन प्रतियोगिताको पुरुषतर्फ अजय विक प्रथम, रमेश बुढा दोस्रो र तेस्रो बने। यसै गरी पाँच किलोमिटर महिलातर्फ विमला कार्कीले प्रथम भएर उपाधि जितिन् भने पूर्णिमा बुढा क्षेत्रीले दोस्रो र लक्ष्मी शाहीले तेस्रो स्थान लिएकी छिन् ।

हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहमा धर्म महर्जन विजयी भए । उनले एक घण्टा २८ मिनेटमा दुरी पार गरी उपाधि लिएका छन् ।

यसै गरी रेवन्त दहाल दोस्रो उपाधि लिन सफल भएका छन् । ५ किलोमिटर स्कुल स्तरीय छात्र एवम् छात्रा दौडतर्फ ७५९ जना र कर्पोरेटतर्फ ३९ जना धावकहरू सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।

म्याराथनको विजेताले महिला तथा पुरुषलाई समान ५५ हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार दिइने छ भने विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?