मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीले भेटे प्रधानमन्त्री

काठमाडौँ – कवाड व्यवसायीहरूले आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेसा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरूबाट परिपत्र जारी गरिएकोमा आपत्ति जनाएका हुन् ।

महानगरले आफूहरूको व्यावसायिक फर्मको दर्ता नवीकरणसमेत नगरेको उनीहरूको गुनासो थियो । उनीहरूले आफूहरूले प्रचलित कानुनबमोजिम दर्ता भएर सरकारलाई कर तिर्दै आएको कुरा पनि प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए ।

सम्मानित अदालतबाट कवाडी व्यवसायीका घर तथा टहराको संरचनालाई क्षति पुग्ने वा भत्काउने कार्य नगर्नु नगराउनु भनी (उच्च अदालत) बाट काठमाडौँ महानगरपालिकाको नाममा आदेशसमेत जारी भएको कुरा उनीहरूले प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले कवाड व्यवसायीहरुको व्यवसायको सुरक्षाको प्रत्याभूति गराउनको लागि सरकारले आवश्यक कदम चाल्ने विश्वास दिलाएका थिए । अदालतको आदेश विपरीत कोही पनि जान नमिल्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?