मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँका यी स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै हुसनटार, खड्का गाउँ तथा थानकोट फिडरमा आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार काठमाडौंको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोस्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतम गाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महाँकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्ती गाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्का गाउँ, खत्री गाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

यस्तै, सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्का गाउँ, न्युडाइमन्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखान, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्जयाङ, बाइछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुनेछ ।

प्राधिकरणका अनुसार आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

जनमा थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँ गाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

त्यसैगरी, बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?