काठमाडौँ – रणवीर कपूरको अभिनय रहेको फिल्म ‘रामायण’ कानूनी झमेलामा फसेको छ । फिल्मको अधिकार कसले लिने भन्ने विषयमा निर्माण कम्पनीबीच कानूनी विवाद शुरु भएको हो ।
सञ्चारमाध्यमका अनुसार फिल्मको प्राइमी प्रोडक्सन हाउस अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपी र प्राइम फोकस टेक्नोलोजी लिमिटेडबीच कानूनी विवाद बढ्दो छ ।
दुवै पक्षबीच सन् २०२४ को अप्रिलमा छलफल भए पनि अधुरो भुक्तानीका कारण अधिकार कसले लिने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
त्यसमध्ये अल्लू मन्टेना मिडिया वेन्चर्स एलएलपीले एक सूचनामार्फत प्राइम फोकस टेक्नोलोजी लिमिटेडको ‘रामायण’मा कुनै अधिकार या स्वामित्व नरहेको जनाएको छ ।
आवश्यक परेमा आफूले कानूनी कारबाही गर्ने आशय पनि व्यक्त गरेको उसले प्राइम फोकस टेक्नोलोजी लिमिटेड या कुनै पनि संस्थाले स्क्रिप्टको कुनै पनि उपयोग गरेमा त्यसले प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने चेतावनी दिएको छ ।
यो फिल्मको निर्देशक नितेश तिवारीले भने यो विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फिल्ममा साउथ सुपरस्टार यश सह–निर्माता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया