मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई पनि दाँत माझ्ने ब्रस ट्वाइलेटमा राख्नु हुन्छ ?

दाँत सफा राख्न हरेक दिन दुई पटक ब्रस गर्नुपर्छ । यसले दाँतलाई ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ । दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको ब्रस प्रयोग गर्नुपर्छ ।

दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा ब्रुस फेर्नुपर्छ ।  

प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न । 

ब्रस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छ । यो हावाबाट ब्रसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ । ओसका कारण बुरुसमा ढुसी पर्ने खतरा हुन्छ । 

ट्वाइलेट जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका सङ्क्रमणले सताउन सक्छ ।  ब्रस स्ट्यान्ड पनि कहिल्यै ट्वाइलेट सिटको नजिक राख्नु हुँदैन ।

शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्ने गर्नुपर्छ । प्रयोग गर्नु अघि पानीले राम्ररी धुनुहोस् । पानीले धुँदा बुरुसको ब्रिस्टलमा फसेका ब्याक्टेरिया बाहिर निस्कन्छन् । 

प्रयोग गरेपछि ब्रसलाई राम्ररी धोएर छोपेर राख्नुहोस् । यसले ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ । दाँतमा कुनै खालको समस्या देखिने बित्तिकै तुरुन्तै दन्त चिकित्सकको सल्लाह लिनुस् । दाँतको विषयमा कुनै लापरबाही नगर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?