काठमाडौँ– आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई प्रविधि डिजिटल दुनियाँका लगभग सबै काम गर्न सक्षम छ । यसैबीच गुगलले मानिसको स्वास्थ्यका बारेमा अनुसन्धान गर्ने एआई टुल सार्वजनिक गरेको छ ।
गुगलले हालै अल्फाफोल्ड नामक नयाँ एआई टुल सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
यो एआई टुलले वैज्ञानिकहरूलाई मानव शरीरमा कोशिकाहरूलाई सञ्चालन गर्ने माइक्रोस्कोपिक मेकानिजमहरूको व्यवहार बुझ्न सहयोग गर्ने बताइएको छ
गुगल एआईको केन्द्रीय ल्याब गुगल डिपमाइन्ड र त्यसको सहायक कम्पनी आइसोमोर्फिक ल्याब्सले यो टुल विकास गरेको हो ।
यो सन् २०२० मा सार्वजनिक गरिएको टुल ‘अल्फाफोलल्ड’ को पछिल्लो भर्सन भएको बताइएको छ । नेचर नामक जर्नलमा गुगलका वैज्ञानिकले यो टुलबारे अनुसन्धानात्मक लेख समेत प्रकाशन गरेका छन् ।
गुगलका अनुसार अल्फाफोल्ड थ्रीलाई ‘जैविक अणुहरूको फराकिलो स्पेक्ट्रम’ माथि अनुसन्धान गर्न प्रयोग गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया