मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मकै पोलेर जीविका चलाउँदै सुकदेवी र जितरानी

कैलाली – कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरकी सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छिन् । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी सुकदेवीले एक महिनादेखि मकै पोलेर बेच्न थालेकी हुन् ।

दैनिक मजदुरी गर्दा हुने भन्दा राम्रो कमाइ मकै बेचेर हुन थालेपछि उनले मकै पोल्न थालेकी हुन् । “दिनभर मजदुरी गर्दा छ सय कमाइ हुन्थ्यो भने मकै बेचेर दिनको एक हजारसम्म गरेको छु”, उनले भनिन्, “काम नगरे घरको गुजारा हुँदैन । अरुको काम गर्नुभन्दा आफ्नै काम गर्नुमा सन्तुष्टि छ ।”

सोही शिविरमा बस्ने जितरानी चौधरी पनि हिजोआज मकै पोलेर बेच्ने काममा व्यस्त छन् । १४ रुपैयाँमा मकै खरिद गरेर २५ रुपैयाँमा उनले बिक्री गर्छिन् । हाटबजारका दिन हाटबजारमा र अरु दिन बजारको चौराहमा पोलेको मकै बेचेर उनले छोराछोरीका लागि किताब कापी र पोशाक किनेको बताइन्।

“मकै बेचेर दिनमा पाँच सयदेखि एक हजारसम्म बचत गरेकी छु । त्यसबाट केही रकम घर खर्चका लागि छुट्याउनुपर्छ”, उनले भनिन् “बालबालिकाको पढाइ खर्च पनि मकैबाट आम्दानी हुने आम्दानीले धानेकी छु । मकै बेचेर घरको जोहो चलाउन सकिने स्थिति बनेको छ ।”

सुकदेवी र जितरानी मात्रै होइनन् । सुकुम्बासी शिविरका केही महिला दैनिक ज्यालादारी छाडेर मकै पोल्ने र बेच्ने काममा लागेका छन् ।

पछिल्लो समय सिँचाइको सुविधा भएपछि किसान मकै खेतीमा आकर्षित बनेका छन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले मकैखेती विस्तारमा सहयोग गरेको छ । कार्यान्वयन इकाइले खाद्यान्न बालीअन्तर्गत मकैमा ६७ कृषक तथा समूहलाई मकै खेती विस्तारमा अनुदान दिएको छ । उनीहरुलाई १२ हेक्टर क्षेत्रफलमा बिज वृद्धि कार्यक्रम सञ्चालन गरिएको आयोजनाका सूचना अधिकारी आकृति ठाकुरले जानकारी दिइन् ।

किसानको मागका आधारमा मकै खेती विस्तारको काम बर्षेनि बढ्दै गएको कार्यान्वयन इकाइका आयोजना प्रमुख भरत कँडेलले जानकारी दिए । “विगतमा किसान मकैखेती थोरै गर्नुहुथ्यो । अहिले गहुँ खेती भित्र्याएपछि मकै खेती गर्ने गर्नुभएको छ”, उनले भने, “वर्षमा तीन पटक खेती गर्न थाल्नुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?