मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सम्भावित महामारी नियन्त्रण गर्न रोकथाम सुरु

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी रोकथाम र नियन्त्रण गर्नका लागि ‘महामारी तयारी र प्रतिकार्य कोष’ परियोजना सुरु गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परियोजना अन्तर्गत विभिन्न रोगको सतर्कता र प्रारम्भिक चेतावनी, जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने बताए ।

“कुनै महामारी आयो भने तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको छ”, उनले भने, “कोरोना भाइरसजस्तो महामारी फेरि नआउला भन्न सकिन्न । त्यसैले सम्भावित महामारीको क्षति कम गर्न, निदान र उपचारको तयारी गर्नका लागि परियोजना सञ्चालन गरिएको हो ।” संघ, प्रदेश तहमा पनि परियोजना लागू गरिने छ ।

कूल एक करोड ८८ लाख अमेरिकी डलरमा सुरु भएको उक्त परियोजना विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र खाद्य तथा कृषि सङ्गठनको संलग्नतामा तीन वर्षसम्म सञ्चालन हुनेछ । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनमा आबद्ध रहेका देशले कोरोना भाइरसको बेला बनाएको कोषबाट नेपाललाई उक्त रकम प्राप्त भएको हो ।

महामारी कोषबाट परियोजना सञ्चालन गर्नका लागि विश्वभरिका एक सय ३३ देशबाट एक सय ७९ आवेदनमध्ये नेपालको प्रस्ताव छनोट भएको हो । नेपालमा २०७६ सालमा कोरोना भाइरस महामारी देखिएको थियो । कोरोना भाइरसको कारणले करिब १२ हजार मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?