मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेनाले निर्माण गरेको मलामी विश्राम घर हस्तान्तरण

अछाम – अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।

नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरी मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिए।

मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको रु सात लाख ५० हजार र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेको छ । उक्त आयोजनाबाट छ वडा र पञ्च देवल विनायकका चार वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए ।  

अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर क्रियापुत्री भवनका रूपमा विकास गरिने उनले बताए ।

साथै कम समयमा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण गरेकामा नगरपालिकाका तर्फबाट गोरख बक्स गणलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?