काठमाडौँ – फिल्म ‘एक्टर’को पोखराबाट छायाङ्कन शुरु गरिएको छ। शुक्रबार विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायाङ्कन शुरु गरिएको हो ।
जहाँ अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीसहितले क्यामेरा पूजा गरेका थिए।
फिल्मको पोखरा छायाङ्कन सेड्युल १० दिन तय गरिएको छ। त्यसपछि एक महिना काठमाडौँमा फिल्म खिचिने निर्माणपक्षले जनाएको छ।
केही साताअघि काठमाडौँमा मुहूर्त गरिएको यो फिल्म राजन भुसालको निर्देशनमा बन्न लागेको हो । फिल्ममा प्रदीप र दिव्यासहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारहरूको अभिनय रहनेछ।
यो फिल्म अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याको डेब्यू फिल्म हो भने अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले यो फिल्मबाट कमब्याक गर्दैछन्।
थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई नरेन्द्र मैनालीले छायाङ्कन गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया