मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्वतको महाशिलामा घरेलु मदिरा ब्रान्डिङ गर्न शुरु

पर्वत– पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान शुरु गरेको हो । 

पालिकाका विभिन्न वडामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको कोदो, भात, सुन्तला, किवीलगायतको मदिरालाई ब्रान्डिङ गर्न पालिकाले अनुसन्धानको कामलाई सर्च नेपालसँगको सहकार्यमा अघि बढाएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । 

उनका अनुसार गाउँपालिकाको अघिल्लो गाउँ सभाबाट घरेलु मदिराको अध्ययन अनुसन्धान गर्ने निर्णय पारित भएको थियो । 

छिमेकी जिल्ला स्याङ्जा र कास्कीमासमेत घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री वितरण गरिरहेको अवस्थामा महाशिलाले पनि कार्यक्रम अघि बढाएको अध्यक्ष भुसालले बताए । 

घरेलु मदिरा कोदो, मकै, चामल, केरा, भोगटे, जुनार, जौ, आलुबखडालगायत विभिन्न जातका अन्न तथा फलफूलबाट उत्पादन गर्ने गरिएको छ । महाशिलामा उत्पादनका आधारमा कोदो बढी उत्पादन हुने अन्न हो । यसलाई ब्रान्डिङ गर्दा उपयुक्त हुने निष्कर्षका साथ अनुसन्धान शुरु गरिएको उनको भनाइ छ । 

गाउँपालिकामा कोदोको बढी सम्भावना भएकाले कोदोको मदिरालाई प्राथमिकता दिएर अनुसन्धान गरिएको अध्यक्ष भुसालले बताए । 

घरेलु ज्ञान, सीप र प्रविधि प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध हुने कोदोबाट एकदेखि सात पाने र मिश्रित एकदेखि सात पानेसम्मको गुणस्तरीय मदिरा सङ्कलन गरी नमुना ल्याब परीक्षणका लागि पठाइएको अध्यक्ष भुसालले जानकारी दिए। 

सङ्कलन गरिएका नमुनामा अल्कोहलको मात्रा पत्ता लगाएर खानयोग्य मदिरामा अल्कोहलको मात्रा खुलाई ब्रान्डिङ गर्न सिफारिस गरिने सर्च नेपालले जनाएको छ । ब्रान्डिङ भए पनि अहिले अवैध रूपमा उत्पादन हुँदै आएको मदिरालाई व्यवस्थित रूपमा उद्योग सञ्चालन गरी उत्पादन अनुमति प्रदान गरिने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?