मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मातेपछि मानिसले किन अङ्ग्रेजी बोल्छ ?

काठमाडौँ – रक्सीले मातेपछि मानिसले विभिन्न हर्कत गर्छ ।

कोही नाच्न थाल्छन् भने कोही अङ्ग्रेजी बोल्न थाल्छन् । अन्य समयमा खासै नबोल्ने व्यक्तिहरू नशाले लट्ठ हुँदा भने अङ्ग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् । तर तपाईँलाई थाहा छ किन यस्तो हुन्छ ? 

वास्तवमा यसको पछाडि वैज्ञानिक कारण छ । जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको एक रिपोर्ट अनुसार अल्कोहलको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ ।

फलतः मानिसहरू ढुक्कले अङ्ग्रेजी भाषामा कुरा गर्न थाल्छन् । त्यस्तै जर्नल अफ साइकोफार्माकोलजीको अनुसार रक्सी पिएपछि मानिसहरूको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ ।

यो समयमा केही मानिसहरूको व्यक्तित्व पनि परिवर्तन हुन्छ र उनको आत्मबल तीव्र रूपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनुपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?