मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सक्किगोनि’ टिमले निमार्ण गर्ने ‘लाज शरणम्’काे प्रदर्शन  मिति तय

काठमाडौँ – चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले निर्माण गर्ने फिल्म ‘लज्जा शरणम’को प्रदर्शन मिति तय भएको छ ।

टिमका सदस्य अर्जुन घिमिरेले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार यो फिल्म आगामी फागुन १४ गते महाशिवरात्रिका अवसरमा प्रदर्शनमा आउने छ । 

यसबारे जानकारी दिँदै उनले लेखेको छन् – ‘चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति सार्वजनिक गर्न पाउँदा दर्शकहरूसँगको सामीप्यता अझ प्रगाढ भएको महसुस भएको छ । हामीले सिर्जना गरिरहेको चलचित्र आउँदो  ‘महाशिवरात्रि’ (२०८१ फागुन १४ गते) को सुखद अवसर पारेर प्रदर्शन गर्ने मिति तय गरेका छौँ । यस अवधिमा हाम्रा तयारी र सिर्जनाका सम्बन्धमा जानकारी अद्यावधिक गराउँदै जानेछौँ ।’

फिल्मको वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको थियो । 

फिल्मको कथा, कलाकार र निर्देशकबारे ‘सक्किगोनी टिमले केही जानकारी दिएको छैन। यद्यपि फिल्मलाई कुमार स्वयमले निर्देशन गर्ने चर्चा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?