मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बर्डफ्लू मानिसबाट मानिसमा सर्दैन- डब्लुएचओ

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।

हाल एच५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको हो । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना छैन । तर संयुक्त राष्ट्र संघले यो भाइरस र संक्रमणका केसहरूको निरन्तर निगरानी गर्न आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा लाखौँ दुग्ध गाईबस्तुहरूमा बर्ड फ्लूको प्रकोप छ र हालसम्म एक जना सङ्क्रमित भएको रिपोर्ट गरिएको छ । अहिलेसम्म कम्तीमा २२० जनालाई निगरानीमा राखिएको छ भने ३० जनाको परीक्षण गरिएको छ ।

संयुक्त राष्ट्र स्वास्थ्य एजेन्सीका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले धेरै मानिसहरू सङ्क्रमित जनावरहरूको सम्पर्कमा आएको र तिनीहरूको अनुगमन र परीक्षण महत्त्वपूर्ण रहेको बताएका छन् । साथै उनीहरूलाई आवश्यकता अनुसार स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।

डा. टेड्रोसका अनुसार अहिलेसम्म भाइरसले व्यक्तिमा सर्ने कुनै सङ्केत नदेखेको तर निरन्तर निगरानी आवश्यक छ ।

अमेरिकामा काँचो दूधमा यो भाइरस भेटिएको छ तर प्रारम्भिक परीक्षणमा दूधलाई उच्च तापक्रममा केही समय तताएर चिसो गरेर पाश्चराइजेसन गर्दा भाइरस नष्ट हुने देखाएको छ ।

यसलाई ध्यानमा राख्दै, संयुक्त राष्ट्र संघले सबै देशका मानिसहरूलाई पाश्चराइज्ड दूध प्रयोग गर्न सल्लाह दिएको छ, जसको माध्यमबाट सम्भावित भाइरस सूक्ष्म जीवहरूलाई स्वास्थ्य जोखिम नहुने स्तरमा कम गर्न सकिन्छ । यसले दूधको शेल्फ लाइफ पनि बढाउँछ।

संयुक्त राष्ट्र संघका महानिर्देशकले एभियन इन्फ्लुएन्जाका कारण जनस्वास्थ्य जोखिमको स्तर हाल न्यून रहेको आकलन गरेका छन्। सङ्क्रमित जनावरहरूको सम्पर्कमा आउने मानिसहरूको लागि यो हल्का देखि सामान्य स्तरमा हुन्छ ।

सन् २०२१ यता २८ जनामा ​​यसको सङ्क्रमण देखिए पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?