मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्स्टाग्राम र थ्रेड्समा एकै पटक पोस्ट गर्न मिल्ने फिचरको तयारीमा मेटा

काठमाडौँ –इन्स्टाग्राम र थ्रेड्सको मातृ कम्पनी मेटाले यी दुबैमा एकैचाेटी पोस्ट गर्ने फिचरको तयारी थालेको छ । 

यो  फिचर आएपछि  प्रयोगकर्ताहरूले इन्स्टाग्राम पोस्ट गर्दा नै आफ्नो थ्रेड्स अकाउन्टमा पनि सोही पोस्ट गर्न सक्नेछन् ।

थ्रेड्समा प्रयोगकर्ताको सङ्ख्या घटेपछि मेटाले यस्तो कदम चाल्न लागेको हो ।  यो फिचरमा कुनै पनि पोस्ट गर्दा  ‘शेयर टु थ्रेड्स’ नामक नयाँ विकल्प आउँछ ।  त्यसमा क्लिक गरेर प्रयोगकर्ताले इन्स्टाग्राम र थ्रेड्समा सँगै पोस्ट गर्न सक्नेछन् । 

तर प्रयोगकर्ताले एकै ठाउँमा पोस्ट गर्न चाहे त्यो पनि हुने छ भने कुनै एउटा पोस्ट अथवा सबै पोस्टमा यो विकल्प अन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?