मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पहिलो पटक सहकार्य गर्दै सलमान खान र रश्मिका मन्दना 

काठमाडौँ – बलिउड अभिनेता सलमान खान र रश्मिका मन्दना पहिलो पटक एउटै फिल्ममा देखिँदै छन् । 

फिल्म  ‘सिकन्दर’ मा मन्दनालाई निर्माण पक्षले सलमानको अपोजिटमा स्वागत गरेपछि यी दुईबीचको पहिलो सहकार्य देखिन लागेको हो । बिहीबार फिल्म निर्माताहरूले सामाजिक सञ्जाल पोस्टमार्फत यसको घोषणा गरेका हुन् ।

फिल्ममा आफू अनुबन्धित भएको बारे जानकारी दिँदै ट्विट गरेकी मन्दनाले आफ्नो आगामी प्रोजेक्टबारे सोध्नेलाई सरप्राइज भन्दै आफूलाई सलमानको आगामी फिल्म सिकन्दरको हिस्सा बनाइएको धन्यवाद भनेकी थिइन् ।

योसँगै सामाजिक सञ्जालमा सलमानको एउटा तस्वीर भाइरल भएको छ । तस्वीर ‘सिकंदर’को सेटको हो । 

यो फिल्म  ‘गजनी’ र ‘हलिडे’ जस्ता चर्चित फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् भने साजिद नाडियाडवाला यसको निर्माता रहनेछन् । 

रश्मिकाले ‘एनिमल’ र ‘पुष्पा’ जस्ता सुपरहिट फिल्म दिएकी छिन् ।  अभिनेताका रूपमा सलमानका पछिल्ला ४ फिल्म ‘राधे’ र ‘अन्तिम’ फ्लप रहे ।

‘किसी का भाइ किसीकी जान’ ले औसत व्यापार गर्दा र ‘टाइगर ३’ चाँहि हिट थियो । निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी र ‘किक जस्ता कयौँ हिट फिल्म दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?