मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

तनहुँ – तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय दूतावासले एम्बुलेन्स उपलब्ध गराएको हो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्दै जनतालाई सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यसहित एम्बुलेन्स ल्याउन सहयोग गरेकामा न्यौपानेले भूपू सैनिक प्रति आभार व्यक्त गरे । उनले भने, “सेवा निवृत्तपछि भूपू सैनिकहरुले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनीय छ । आगामी दिनमा समेत सामाजिक सेवामा तल्लिन हुनुहोला ।”

स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्राप्त भएपछि वडाका सर्वसाधारणलाई सहज हुने स्वास्थ्य चौकी प्रमुख देविन्द्र कार्कीले जानकारी दिए । भूपू सैनिकको समन्वयमा एम्बुलेन्स प्राप्त भएसँगै उक्त वडामा तीन एम्बुलेन्स सञ्चालनमा आएका छन् । उनले भने, “स्वास्थ्य संस्थासम्म जानका लागि निजी सवारी साधनको भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो वडामा तीन वटा एम्बुलेन्स भएका छन् । वडावासीले सहज रुपमा एम्बुलेन्स सेवा पाएका छन् ।”

यसअघि राजापानी कलेस्ती दिगो समाज र स्याकुन्थोक समाजले दुई वटा एम्बुलेन्स सञ्चालन गरिरहेको छ । व्यास –९ ले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिरहेको वडाध्यक्ष सुरेश थापाले जानकारी दिए। त्यस्तै ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई एम्बुलेन्स निःशुल्क उपलब्ध गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?