मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेट गालामा जब डेजा क्याट कपडाको सट्टा तौलिया बेरेर पुगिन्

काठमाडौँ– अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्वकै ठूलो फेसन इभेन्टका रुपमा लिइने ‘मेट गाला’ मा विश्वका चर्चित सेलिब्रेटीहरू सहभागी भएका छन् ।

फेसन ‘शो’मा सहभागी हुने अधिकांश सेलिब्रेटीहरू आफ्नो पहिरन शैली र डिजाइनले आम मानिसहरुलाई प्रभावित पारेर चर्चामा आए । उक्त शोमा सहभागी जनाएका कतिपय सेलिब्रेटी भने पहिरनका कारण ट्रोलसमेत बनेका छन् ।

यसपटकको मेट गाला फेसन शोमा अमेरिकी गायिका तथा र्‍यापर डेजा क्याटले लगाएको पहिरनले सामाजिक सञ्जाल तात्तियो । डेजाले कपडाको साटो सेतो टाबेलजस्तो कपडा पहिरिएर फेसन शोमा सहभागी भएकी थिइन् ।

उनको यो लूकको निकै चर्चा भएको छ । हुन त मेटा गालामा अनौठो दृश्य हुनु कुनै नौलो त होइन ।

डेजाले तौलियालाई हातैले समातेर त्यहाँ पुगेकी थिइन् । त्यतिबेला उनले टाउकोमा सेतै तौलिया पनि बाँधेकी थिइन् । उनलाई देख्दा बाथरुमबाट सिधै कार्यक्रममा गएको जस्तो देखिन्थिन् ।

मानिसहरुले ‘यो तिम्रो बाथरुम होइन’ भन्ने जस्ता शब्दहरु प्रयोग गरेर उनको आलोचना समेत गरेका छन् । कार्यक्रममा उनको दोस्रो लूकले पनि हलचल मच्चाएको थियो । दोस्रो लुकमा भने क्याट सेतो रङ्गको पारदर्शी गाउनमा पनि देखिएकी थिइन् ।

जुन पहिरनमा उनी शिरदेखि खुट्टासम्म भिजेको देखिन्थिन् । यो पहिरनमा उनको शरीरका अंगहरु प्रष्ट देखिएका थिए । यससँगै उनको मेकअप समेत निकै डरलाग्दो थियो । उनको यो लुक्सलाई फ्यानहरुले मन पराएका छन् । तथापि तौलियाकै कारण भने उनी ट्रोलको सिकार बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?