मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मेयर चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्नान कक्षको पनि व्यवस्था

ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् । ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् ।

मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए । उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटनढोका र जावलाखेलमा बनाएको उनले बताए ।

शौचालय बनाएपछि त्यसको वरिपरी दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफुहरुले चिरेको बताउदै अब थप शौचालय बनाउदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए । स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुबिधा उपलब्ध रहेको बताइएको छ ।

अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?