मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिना अनुमति हज यात्रामा आए कारबाही गर्ने साउदी अरेबियाको चेतावनी

काठमाडौँ – साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ ।

गृहमन्त्रालयले हज यात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ । गृह मन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ ।

नियम उल्लङ्घन गरेमा निश्चित अवधिका लागि साउदी अरेबिया प्रवेशमा प्रतिबन्ध लगाइनेछ । सुरक्षालाई ध्यानमा राखेर यस्तो कदम चालिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले पवित्र स्थल, मक्का र सुरक्षा नियन्त्रण क्षेत्रमा अनुमतिबिना प्रवेशमा रोक लगाउने जनाएको छ । यो निर्णय जुन २ देखि जुन २० सम्म लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?