मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनहुँमा चलचित्र निर्माण कार्यशाला सम्पन्न

तनहुँ– जिल्लाको भिमाद नगरपालिका–२ रघु गाउँमा मगर चलचित्रकर्मी सङ्घको आयोजनामा प्रयोगात्मक चलचित्र निर्माण कार्यशाला सम्पन्न भएको छ । 

दोस्रो विश्वयुद्धमा रण कौशल प्रदर्शन गरेर भिक्टोरिया क्रसबाट सम्मानित नेत्रबहादुर थापा मगरको गाउँलाई प्रवर्द्धन तथा आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यशालामा छ वटा लघु चलचित्र निर्माण गरिएको छ ।

 
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा आदिवासी जनजाति चलचित्र महासङ्घको सहकार्यमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशाला उद्घाटन सत्रमा भिमाद नगरपालिका–२ रघु गाउँका अध्यक्ष दिनेश थापा मगरले यहाँ आयोजित कार्यशालाको माध्यमबाट रघु गाउँको प्रवर्द्धन हुनुका साथै हाम्रा संस्कार, संस्कृति चलचित्रमा उतारिएको बताए । 

पाँच दिने कार्यशालामा आदिवासी जनजाति महासङ्घमा आबद्ध चलचित्रकर्मीमध्ये बाराबाट खगेन्द्र थामी, चितवनबाट नेत्र गुरुङको सहभागिता रहेको थियो भने कुमाल समुदायबाट छविलाल कुमाल सहभागी भएका थिए ।

पच्चीस सहभागीमध्येबाट छनोट भएका छ वटा कथा समेटेर रघु गाउँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?