मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – अहिले देशभर आंशिक देखि साधरणतया बदली रही कोशी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित  हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार अहिले पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । 

त्यस्तै आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी तराईका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आज राती देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?