काठमाडौँ – नेपालमा साइबर अपराध सम्बन्धी अनुसन्धानको काम गर्ने नेपाल प्रहरी अन्तर्गतको साइबर ब्युरोले साइबर सुरक्षाबाट बच्न आग्रह गरेको छ ।
ब्युरोले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत पाँच साइबर सुरक्षा टिप्सबारे बताउदै यस बच्न आग्रह गरेको हो । समयसमयमा ब्युरोले साइबर सुरक्षा सम्बन्धी जानकारी दिने गरेको छ ।
कतिपय अवस्थामा केही सावधानी नअपनाउँदा पनि झुक्किएर साइबर अपराध हुनसक्छ । अथवा साइबर अपराधमा फस्न सकिन्छ । आफूबाट त्यस्ता घटना हुन नदिन ब्युरोले साइबर सुरक्षा सम्बन्धी जानकारी लिन आवश्यक रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया