मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सीता सुवेदीको रोइला भाका ‘मार्‍यौ आँखा झिमिक्कै’(भिडियाे)

काठमाडौँ– वान लेग कत्थक नृत्याङ्गनाका रुपमा आफूलाई स्थापित गरेकी सीता सुवेदीको रोइला लोक भाकामा ‘मार्‍याै आँखा झिमिक्कै’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोसहित सार्वजनिक भएको गीतमा स्वर सुवेदी र दामोदर भण्डारीको रहेको छ भने शब्द रचना मानकाजी शाक्यको छ । गीतमा सङ्गीत सुवेदीकै रहेको छ ।

गीतको भिडियो निर्देशन खत्रीले गरेका छन् भने छायाङ्कन र सम्पादन केशव विश्वकर्माको रहेको छ ।

ठट्यौली र प्रेमको विषयमा बुनिएको गीतमा सुवेदीसँगै कलाकार सरोज लामिछाने, दिपक न्यौपाने लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय मोडलका रुपमा समेत परिचित सुवेदी ‘मिसेस नेपाल इन्टरनेशनल २०२३’ कि विजेता समेत हुन् । त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभाग अन्तर्गत संगीतमा उनले स्नातकोत्तर समेत गरेकी छिन् ।

उनका झण्डै आधा दर्जन गीतहरु रेकर्ड भएका छन् ।

भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?