मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

सिमकोट– हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ ।

सुक्खाले बाली बिग्रेको गुनासो सिमकोट गाउँपालिका–१, २, ३ र ४ का किसानले गरेका छन् । पानी वैकल्पिक व्यवस्था नहुँदा उनीहरू कसरी अर्को बाली लगाउने र परिवारको भरणपोषण गर्ने भनेर चिन्तित भएका छन् ।

हिउँदमा हिउँ पर्दा सुविकाल हुने हिउँ नपर्दा अनिकाल हुने सिमकोट गाउँपालिका–३ का गाजीमा लामाले बताइन् । यस वर्ष हिउँ नपर्दा भोकमरीको अवस्था आएको उनले बताइन् ।

चैतमा कोदो र वैशाख पहिलो साता चिनो छर्नुपर्नेमा पानी नपर्दा खेती गर्न नपाएको लामाले बताइन् ।

पानी नपर्दा खेतबारीमा लगाउने खुर्सानी, मकै, फर्सीलगायत अन्य तरकारी लगाउन नपाएको सिमकोट गाउँपालिका–२ ठेहेगाउँका किसान गौगोरा बोहराले बताए ।

उनले भने, “आठ–दश वर्ष अगाडि यसरी खेतबारी सुक्खा हुँदैनथे तर यो हिउँदमा हिउँ र बर्खामा पानी नपर्दा समस्या भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?