मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आमाको स्वास्थ्यलाई ख्याल गरेर दिनुहोस् यी खानेकुरा

काठमाडौँ– आमाको मुख हेर्न धेरैले सेलरोटीसहित विभिन्न खालका मिठाइका परिकारहरु बजारमा किन्ने गर्छन् ।

छोराछोरीले मायास्वरूप दिएका विभिन्न खालमा परिकारले आमाको स्वास्थ्यमा कत्तिको असर गरिरहेको छ ? मिठाइमा मिसाइने रसायन र रङहरूले तत्कालीन रूपमा फुड पोइजन हुन सक्छ भने स्वास्थ्यमा दीर्घकालसम्म असर समेत पर्न सक्छ त्यसैले यस्ता मिठाइहरू किन्दा विशेष ख्याल गर्नुपर्छ ।

विशेष गरी मधुमेह, उच्च कोलेस्ट्रोल लगायतका समस्याबाट पीडित आमाहरूलाई सकेसम्म बजारमा विभिन्न केमिकलहरू प्रयोग गरेर बनाइएका खानेकुरा नदिँदा राम्रो हुन्छ ।

कतिपय यस्ता खानेकुरा स्वास्थ्यको दृष्टिकोणले हानिकारक पनि हुन्छन् । बासी तेल र विभिन्न रसायनिक रङहरूको प्रयोगबाट बनाइने यस्ता मिठाइहरू खाँदा शरीरमा चिनीको मात्रा बढ्नुका साथै धेरै गुलियोले माइग्रेन, मृगौलाको समस्या समेत देखिन सक्छ ।

साथै यस्ता मिठाइहरू धेरैजसो दूध र मैदाबाट बनाइने हुँदा ग्यास्ट्रिक हुनसक्ने सम्भावना बढी हुन्छ । सकेसम्म बजारमा बनाइएका यस्ता मिठाइहरू खान नदिनु नै राम्रो हुन्छ ।

विभिन्न रङहरूको प्रयोग गरेर बनाइने मिठाइहरूमा रङमा हुने विभिन्न खालका केमिकलहरुले गर्दा क्यान्सर हुने उस्तै जोखिम हुन्छ । आमालाई लामो समयदेखि बनाएर प्लाष्टिकमा राखिएका खानेकुराहरू दिनुभन्दा सकेसम्म घरमै बनाएको खानेकुरा दिनु राम्रो हुन्छ ।

यस्ता खानेकुराले आमा र सन्तानको आत्मीयतालाई बलियो बनाउनुका साथै स्वास्थ्यका लागि पनि त्यति धेरै हानिकारक हुँदैन ।घरकै ताजा तेलमा बनाइएको विभिन्न प्रकारका रोटीहरू स्वादिष्ट हुनुका साथै शक्तिवद्र्धक पनि हुने गर्छन् ।

बदाम, ओखर,पास्ता, काजुजस्ता खानेकुरा दिने दिँदा राम्रो हुन्छ । चिल्ला रोटीभन्दा फलफूल, दही र विभिन्न प्रकारका सलादहरू दिनु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?