मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मातातीर्थ औंसीका दिन आमालाई यसरी खुसी पार्न सकिन्छ

काठमााडौँ– संसारमा हाम्रो लागि आमाभन्दा ठूलाे अरु कुनै सम्बन्धहरु छैनन् । आमाले जसरी सन्तानको खुसीका लागि जीवन बलिदान दिन्छिन्, त्यसरी नै सन्तानले पनि आमालाई खुसी दिनु जरुरी छ ।

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनमा आमालाई दिइने उपहारले उनको मुहारमा खुसी ल्याउन सकिन्छ । यसले तपाईं कत्तिको आमालाई माया र कदर गर्नुहुन्छ भन्ने देखाउँछ ।

आमासँगको दिन बिहानको खानाबाट शुरुवात

यदि आमा तपाईंसँगै हुनुहुन्छ भने आमासँगै बसेर बिहानको खाना खाएमा आमा खुसी हुन सक्नुहुन्छ । आमाको मुख हेर्ने दिन आमालाई सकेसम्म तपाईं आफैं खाना तयार गरेर खुवाउन सक्नुहुन्छ । यसले आमामा उत्साह थपिन सक्छ । यदि भौतिक रुपमा टाढा हुनुहुन्छ भने बिहानीको खानाबारे वा आजको दिनको शुरुवात आमाको बोलीबाट गर्न सकिन्छ ।

आमाका बारे केही सिर्जना गरेर केही शब्दहरु सुनाउनुहोस्

संसारमा आमाबारे लेखिएका थुप्रै रचना र कविताहरु छन् । कुनै रचना छनोट गरेर वा तपाईं आफैंले लेखेर पनि आमालाई बिहानै प्रेमभाव व्यक्त गर्नुहोस् । जसले आमाको मनमा खुसी र सन्तानप्रति गर्व महसूस हुन्छ ।

आमालाई मनपर्ने स–साना कुराहरु पत्ता लगाएर उपहार दिनुहोस्

आमाका लागि दिइने उपहारहरुमा महङ्गा र ठूलाभन्दा पनि मनपर्ने स–साना कुराहरु पत्ता लगाएर उपहार दिएमा मन खुसी हुन सक्छ । जस्तो आमाले सधैं लगाउने टीका, पोते, चुरा जस्ता सामग्री मायाका साथ दिन सकिन्छ ।

आमाका लागि सर्प्राइज कुनै पार्टी राख्नुहोस्

आमाको मुख हेर्ने दिन आमाले मनपर्ने खानेकुरा वा दृश्य वा उपहारहरु सजाएर आमालाई सप्र्राइज कुनै पार्टी गर्न सकिन्छ । जसमा आमालाई एकैछिन हर्षको वातावरण तयार गर्ने कोसिस गर्न सकिन्छ ।

आमाका केही स्मरणीय क्षण सम्झाउने काेसिस गर्नुस्

प्रत्येक आमाहरुका जीवनमा खुसी ल्याउने स्मरणीय पलहरु हुन्छन् । यसमध्येमा तपाईंले पत्ता लगाएर आमालाई थप खुसी दिन सकिन्छ । यसमा आमाको प्रेम, विवाह वा अन्य जीवनका उत्सवमय क्षणहरु हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?