मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनयमा निखारिँदै प्रदीप

काठमाडौँ– दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को ट्रेलर मङ्गलवार सार्वजनिक गरियो । राजधानीमा आयोजित एक कार्यक्रमका फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो ।

यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारको अभिनय छ । फिल्मको ट्रेलर रिलिजपछि फिल्मले युट्युब र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

जातीय विभेदको मुद्दा उठाएको फिल्मको ट्रेलर हेर्दा केन्द्रीय भूमिकामा प्रदीप खड्का रहेको अनुमान लगाउन सकिन्छ । चार दशकअघिको कथा समेटेको फिल्मको पोस्टर तथा टिजरले पनि चर्चा कमाएको थियो ।

युट्युबमा ट्रेलर हेरेकामध्ये धेरैले प्रदीप खड्काको अभिनय र संवाद भन्ने शैली मन परेको प्रतिक्रिया दिएका छन् ।

मोहित सिर्पालीले लेखेका छन्, ‘प्रदीप खड्काको अभिनय र संवाद भन्ने तरिका कति सुन्दर । ट्रेलर हेर्दा फिल्म उत्कृष्ट बनेको जस्तो लाग्यो ।’

हुन पनि यो पछिल्लो समय प्रदीपले अभिनयमा निखारता ल्याएका छन् । प्रदीपले शुरुमा उस्तै खालको अभिनय गरेको भन्दै आरोप आउने गरेको थियो । पछिल्लो समय भने उनी फरक शैलीका फिल्ममा समेत देखिएका छन् ।

यसअघि प्रदीपले ‘प्रकाश’ मा फरक भूमिका निर्वाह गरेका थिए भने जेठ १० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’ मा पनि उनको अभिनय भिन्नै शैलीको भएको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

प्रदीपको अभिनयले दर्शकको मन जित्छ कि जित्दैन, त्यो भने फिल्म रिलिजपछि नै थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?